बाजुरा। बाजुराको स्वामीकार्तिकस्थीत एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरिएको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतपेटीकामा आगजनी गरिएको हो। प्रदेश समानुपातिक प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत क केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
मतदान अधिकृत रामकुमार यादवले मतपेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन नसकेको बताए ।उता मतपेटिकामा एकाएक धुवाँ निस्किएको यादवले बताए। आगो देखिएपछि पेटिकामा पानी खन्याइएर उक्त मतपेटीकामा लागेको आगो निभाइएको उनको भनाइ छ। उनका अनुसार कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ खसेको थियो । तर आगलागीबाट कति मतपत्रमा क्षत्रि पुग्यो भन्ने पनि यकिन भएको छैन । उक्त घटनापछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको मतदान अधिकृत यादवले बताए। सुरक्षाकर्मीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन। तर मतदान अहिले रोकिएको छ।