कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको र अन्यको नाम भने प्रहरीले खुलाएको छैन। उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। नेकपा (बहुमत) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गरेका छन् ।