डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले निराहार ब्रत बस्ने घोषणा गरेका छन्। ४ महिनादेखि निरन्तर रुपमा डडेल्धुरामा निर्वाचनको तयारी र प्रचारप्रसारमा सक्रिय भएका ढकालले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन्।
मतदानको दिन नजिकिंदै गर्दा मौन अवधिसहित यहि मंसिर ४ गते सम्मका लागि ब्रत बस्ने बताएका हुन्। जिल्लाका ५२ वटै वडाका विभिन्न बस्तीहरूमा मत मागेर डडेल्धुरा सदरमुकाम पुगेका ढकालले डडेल्धुराको भूमि शक्तिपीठ र संस्कृतिको धनी भएको भन्दै आफूलाई आसन्न आम निर्वाचनले उर्जा प्राप्त गरेको समेत बताएका छन्।