नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सर्वसुलभ सेवा लिन एमाले सरकार बन्न आबश्यक रहेको बताएका छन । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधीसभा सदस्यका उमेदवार समेत रहेका भट्टले जनताका दैनिक आबश्यक पर्ने सेवा सर्वसुलभ बनाउन एमाले सरकार अपरीहार्य रहेको बताएका छन ।
कैलालिको गौरीगगा नगरपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा उनले स्वास्थ्य, शिक्षा, खानेपानि लगायतका सेवालाई सर्वसुलभ बनाउने बताए । उनले ज्येष्ठ नागरिकको सम्मान, सुत्केरी स्याहार, बिद्यार्थीका लागी प्राबिधिक शिक्षा, स्वास्थ्यमा स्तरोन्नती लगायतका उल्लेख्य काम एमालेकै सरकारका बेला भएको बताए ।
उनले कैलाली क्षेत्र नम्वर ४ मा भएको बिकास, प्रदेश राजधानी, फास्टट्राकको बारेमा गठबन्धनका उमेदवार बिर बहादुर बलयारले जनतामा भ्रम छर्ने र झुट बोल्ने काम गरिरहेको बताएका छन । उनले डोटीबाट विजयी भएर मन्त्रि बन्दा समेत बिकासको सिन्को नभाचेका बलायरले कैलालीमा भएको बिकास आफुले गरेको भन्दै ठग्ने गरेको बताए ।
कैलालीका विभिन्न क्षेत्रमा पुगेर बलायरले इमानदारीपुर्वक जनता माझ कुरा नराखेको बताउदै उनले जनता सामु झुट र भ्रम फैलाउने काम मात्रै गरेको बतए । उनले जनतालाई गठबन्धका नेताले पारेको भ्रममा नपर्न सेमेत अनुरोध गरे ।
एमालेको सरकार हुदा जम्मा गरेको ढुकुटी कुलङ्गार छोराले घरको ढुकुटी रित्ताए जस्तै गठबन्धन सरकारले देशको ढुकुटी सकेको आरोप लगाए । उनले अब गठवन्धन सरकार बने ५ बर्ष देश कंगाल हुने समेत बताए ।