धनगढी : नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश शिहँ धामीले कैलाली क्षेत्र नम्बर ५ मा गठबन्धनका सबै उमेदवार बिजयी हुने दावी गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख बाट बाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवार रहेका धामीले चुनाव प्रचार प्रसारको अन्तिम समयमा पुग्दासम्म गठबन्धनकै पक्षमा माहोल देखिएको बताएका हुन् ।
स्टेट सेभेन अनलाइनसंग कुरा गर्दै धामीले बिगतका प्रतिनिधीबाट जनता आजित भएका कारणपनि अहिले जनता पुरानाको बिकल्प खोजिरहेको बताए । जनताले चाहेको अधिकारनै पाएका छैनन् उनले भने “पाएका अधिकार समेत खोशिने काम भएको छ, झन चुनावमा गरेका बाचा मध्ये आधापनि काम नभएपछि उहाँहरु निकै आक्रोसित छन्, उहाँहरु हामीप्रती सकारात्मक हुनुहुन्छ हामी गठबन्धनका सबै उमेदवारलाई यस पटक जनताले बिजयी गराउने माहोल देखिएको छ ।”
तपाइको ब्यक्तिगत जित्ने आधार के हो भन्ने प्रश्नमा धामीले भने “पहिलो आधार त गठबन्धननै हो हामी गठबन्धन एक छौँ र सफल हुने छ, मेरो ब्यक्तिगतनै कुरा गर्दा म युवा छु, अहिलेसम्म कुनै सार्वजनिक पद खाएको छैन, म मा काम गर्ने आँट छ, म भ्रस्टाचार गर्दैन, जनताको सेवा गर्ने कसम खाएको छु, मेरो यो उर्जा सबै जनताले देख्नुभएको छ त्यस कारण म जित्नेमा ढुक्क छु ।” मेरो प्रतिस्प्रधा एमालेसंगै हो उनले भने “एमालेको उमेदवार प्रती जनताको आक्रोस छ त्यस कारण गठबन्धनलाई जनता मत हाल्न यस पटक तयार भएका छन् हामी सबै बिजयी हुन्छौँ ।”