प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पञ्चेश्व जलविद्युत आयोजना बनाउनको लागि भारत संग कुरा भइरहेको बताएका छन । बैतडीको शिवनाथ गाउँपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले पञ्चेश्वरका बिषयमा भारतीय प्रधानमन्त्री मोदी संग कुरा भएको बताएका हुन ।
‘पंञ्चेश्वर जलविद्युत आयोजना निर्माणको लागि भारत सरकार र अहिलेका प्रधानमन्त्री मोदी ज्यु संग कुरा भएको छ । वहाँले पञ्चेश्वरलाई अगाडी बढाउनु पर्छ भन्नुभएको छ’ उनले भने ‘पञ्चेश्वर अगाडी बढेको खण्डमा यस ठाउँको कायापलट हुने नै छ ।’
उनले पञ्चेश्वर निर्माण संगै सो क्षेत्रमा आवश्यक रहेको पुलको काम पनि अगाडी बढ्ने आश्वासन दिए । उनले भने ‘पञ्चेश्वर आउन धेरै बर्ष लाग्न सक्छ । त्यसअघि यहाँ पुल चाहिएको छ । यसलाई हामी अवश्य नै अगाडी बढाउने नै छौ ।’ उनले नेपाल जलश्रोतमा धनी देश भएकाले नेपालले बिजुली मात्रै नभएर पनि पनि विक्री गरेर आम्दानी गर्न सक्ने बताए ।
‘पञ्चेश्वर अवस्य पनि ल्याइने छ । नेपाल आफैमा जनश्रोतको धनी देश हो’ उनले भने ‘नेपाल विद्युत मात्रै नभएर पानी पनि बेच्न सक्छ । जसबाट हाम्रो देश धनी बन्न सक्छ ।’ उनले गठबन्धन १०/१५ बर्ष अगाडी बढेमा देशको विकास तिव्र गतिमा हुने बताए ।
उनले आरजु देउवालाई जिताउन आग्रह गर्दै आरजुले जिते गरिव महिलाका लागि बिभिन्न कार्यक्रम संचालन हुने बताए । उनले भने ‘श्रीमतीको नामले मलाई चिन्लान जस्तो भइसकेको छ । वहाँ समानुपातिकमा हुनुहुन्छ । वहाँले गरिव महिलाका लागि नयाँ नयाँ कार्यक्रम ल्याएर २/४ पैसा आम्दानी गराउनु हुनेछ ।’