बाजुरा। बाजुरामा नेपाली कांग्रेस, र नेकपा एकीकृत समाजवादी पार्टी मिलेपनि नेकपा माओवादीलाई गठबन्धन भित्रकै यी दुइ पार्टीले असमर्थन गरेका छन्। यतिबेला चुनाव आउन केही दिनमात्रै बाँकी रहँदा दलका उम्मेदवार चुनावी प्रचारप्रसार तिब्र गतिमा गरिरहँदा बाजुरामा भने गठबन्धन भित्रकै यी दुइ पार्टीले असमर्थन गरेका हुन् ।
देश भर पाँच दलिय गठबन्धन भइरहँदा बाजुरामा तीन दलिय गठबन्धन छ । बाजुरा प्रदेश ¬(क) मा कांग्रेस र माओवादी एक भएर चुनावी प्रचारप्रसारमा होमिएका भएपनि प्रदेश (क) को गबन्धन बाट उम्मेदवार टुङ्गो नलगाएर नेपाली कांग्रेसले एकीकृत समाजवादीको उम्मेदवारलाई सघाएको छ । बाजुरामा कांग्रेसले उम्मेदवारी दर्तामा कर्ण बहादुर बिक (केशव) लाई साथ दिएको थियो । तर अहिले चुनावी प्रचारप्रसारमा नरेशबहादुर शाहीलाई साथ दिएपछि माओवादी एक्लो भएको हो ।
माओवादीका एक नेताका अनुसार अब एक्लै चुनावी मैदानमा जाने निश्चित भएको छ । उनले भने,–संघमा कांग्रेसलाई मत हाल्नुपर्छ भन्ने छैन्, हामीले कसलाई सहयोग गर्ने भन्ने निर्णय हुँने, उनले बताए । उनका अनुसार नभए संघमा मतदातालाई स्ववीवेक निर्णय गर्न लगाउने बताए । कांग्रेस, एमाले तथा स्वतन्त्रलाई आफ्नो तरिकाले मत हाल्न सक्ने बताउँदै माओवादीले कांग्रेसलाई अनिवार्य भोट हाल्नुपर्छ भन्ने बाध्यता नगर्ने उनले भने ।
नेपाली कांगे्रस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश (क)मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कर्ण बहादुर बिक ९केशव० रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक भए। कर्णबहादुर बिकको उम्मेदवारी दर्तामा कांग्रेसले साथ दिए, सार्वजनिक रुपमा गठबन्धनको उम्मेदवार प्रदेश (क) मा कर्ण बिक रहेको पार्टीका नेता कार्यकर्ताले प्रचार प्रसार गरे ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश (क) मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराए । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनका उम्मेदवार बिक कांग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन । उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको कांग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेशबहादुर शाहीलाइ सहयोग गरेको छ । शाहीको चुनावी सभामा बाजुरामा अहिले कांग्रेसले सघाइरहेको छ ।
कांग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले बाजुरा कांग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको जानकारी दिए । चारवटा स्थानिय तह तथा प्रदेश (क) बाट कांग्रेस नेता तथा कार्यकर्ताले नरेश शाहीलाई उम्मेदवारी अगाडी सार्नुपर्ने दबाफ दिएपछि कांग्रेस बाजुराले नरेश बहादुर शाहीलाइ समर्थन गरेको सचिब रोकायाले जानकारी दिए । केन्द्र बाट भने बाजुराको प्रदेश(क) मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा कुनै निर्णय आउन सकेको छैन् । माओवादीका उम्मेदवार कर्ण बहादुर बिकले अहिले आफुहरु माओवादी केन्द्रको मात्र प्रचारप्रसारमा रहेको बताए।
नेकपा माओवादी केन्द्रबाट गठबन्धनको आधिकारीक उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिरहेका छन् । भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन्। गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश ९क० माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टीले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट प्रदेश ९क० बाट बल्देब रेग्मीले उम्मेदवारी दिएका छन् ।साभार