धनगढी : नेकपा एमालेको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा क मा प्रदेशसभा सदस्यका उमेदवार रहेका नेपालु चौधरीले एमाले बाहेक आदिवासी जनजातीको अधिकार अरु कुनै पार्टीले दिन नसक्ने बताएका छन् । आफ्नो क्षेत्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले हालसम्मको इतिहासमा एमाले बाहेक कुनै पार्टीले आदिवासीलाई अधिकार दिन नसकेको बताएका हुन् ।
अहिले हामी थारु जातीको पार्टी हामीलाइमात्रै भोट दिनुस भनेर आउँदै हुनुहुन्छ रे केही मानिसहरु सुनेको छु उनले भने “तर ति जनतालाई झक्याएर मत माग्ने ठगहरुबाट सचेत रहनुहोला, यो नागरिक उन्मुक्ती पार्टी भन्ने कुनै थारुको पार्टी होइन, थारुको पार्टी भए अध्यक्ष थारु हुन्थे, महासचिव थारु हुन्थे, उपाध्यक्ष थारु हुन्थे तर त्यसमा अध्यक्ष देखी पुरै पदाधिकारी अन्य जातीको छ अनी थारुको पार्टी भनेर जनता ठग्न मिल्दैननी ।”
नागरिक उन्मुक्तीले जिते रेशम चौधरी जेलबाट छुट्छन् भन्ने गलत अपबाह फैलाइदैछ मत तान्नका लागी उनले भने “अनी एम, दुई जना सांसद जितेर रेशम चौधरी जेलबाट छुट्छन त उनी आफैले जितेकै हुन किन छुटेनन्, बिचार गर्नुहोला यस्ता ठक पार्टीबाट सचेत रहनुहोला, सबैको अधिकार दिने त एमाले हो नी, हेर्नुस नारदमुनी राना, म, अनी गौरिशंकर चौधरी लगायत थुप्रो राना, थारुलाई उमेदवार बनाएर हाम्रो जातीको हक सुनिश्चित गरेको छ, हामीलाई अधिकार सम्पन्न बनाएको छ अनी दुई दिनमा जनता झुक्याएर मत माग्ने हुन्छ त थारुको पार्टी ।”
बिकासका काममा आफ्नो कार्यकालमा सक्दो थुप्रै बिकास गरेको चौधरीले बताए । म यहाँबाट जितेपछि के के माग छन त्यो आधारमा काम गरेको छु उनले भने “म र नारदमुनी रानाले थुप्रो पहल गरेर ठुला तथा साना काम गरेका छौँ, यहाँ शुरु नभएका काम शुरु भएका छन्, केही सम्पन्न भएका छन्, पुल, बिद्यालय भवन, सडक, सामुदायिक भवन धेरै काम गरेका छौँ तर बिचमा आएको कोरोनाले केही काम गर्न पाएनौँ अब ति काम पुरा गर्नका लागी म उमेदवार बनेको छु ।”