कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा भारतबाट ल्याइएको अवैध काठ बरामद गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
सोमबार प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको हो । काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

