दार्चुला। दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले कांग्रेस नेतामाथी बोतल प्रहार गरेका छन्।सोमबार साँझ मन्त्री बडूका स्वकीय सचिव रुपेश विष्टले नेपाली कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्टमाथि बोतल प्रहार गरेका हुन्।
प्रहरीका अनुसार गोकुलेश्वरस्थित एक होटलमा मदिरा सेवन गरिरहेका बेला एकआपसमा विवाद हुँदा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बोतल प्रहारबाट घाइते भएका राजेन्द्र विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र घटना समान्य भएको जानकारी दिए ।