कैलाली। नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का सत्तागठबन्धनका उम्मेदवार वीरबहादुर बलायरले प्रदेश राजधानी नसर्ने बताएका छन् । चुनावी प्रचार प्रसारमा रहेका बलायरले गठबन्धन सरकार बने सुदुरपश्चिम प्रदेशको राजधानी गठबन्धन सरकार बनेको ६ महिनाभित्रै निर्माण हुँने बताएका हुन्। २०७५ सालको निर्वाचनपछि गोदावरी (कैलाली क्षेत्र नम्बर ४) मा स्थायी राजधानी तोकिएपनी अहिलेसम्म पूर्वाधार नै निर्माण नहुनु दुःखद कुरा भएको उनले बताए।
उनले प्रदेश सरकार र केन्द्र सरकारले तालमेल गरेर राजधानी बनाउनुपर्ने बताउँदै अब गठबन्धन सरकार बनेको ६ महिनाभित्रै गोदावरीमै राजधानी निर्माणको काम अगाडि बढ्ने दावी गरे । बलायरले अब राजधानी नसर्ने दावी गर्दै बिश्वास समेत राख्न उनले भने ।उनले मन्त्री हुँदा बखत नै कैलालीमा प्रदेश राजधानी तोकिएको बताए । त्यस बेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने चाहाना रहेको बताए। डोटीमा हुँदा अरू जोसुकै भएको भएपनि राजधानी बनाउने कुरा सुनाउथे । तर यसमा लाज मान्नुपर्ने केही कुरा नभएको उनले भने। आफु मन्त्रिपरिषद्मा हुँदा पनि अस्थायी राजधानी तर केही गर्न नसकेको बताए ।
तर पनि पछि गएर मेरो बाध्यतालाई बुझ्नुभएन। म त्यतिखेर निर्वाचन पराजित भएको अवस्थामा मानसिकता र तागतले डोटीका जनताले बुझ्नुपर्ने बताए। यस्तो अवस्थामा आफुलाई राजधानी बेचुवा आरोप समेत लगाइएको उनले बताए । यस्तै उनले कैलाली क्षेत्र नम्बर ४ मा बलजवस्थी उम्मेदवारी नमागेको र पार्टीले निर्णय गरेपछि सो निर्णय मैले पालना गरेको उनको भनाई छ । त्यसलै मेरो उम्मेदवारी कैलाली ४ मै भएको उनले बताए । उनले आफुलाई कसैले टुरिष्ट उम्मेदवार भनेपनी त्यो नेताहरुमा परेको आघात र रिस भएको बताए। आफु इमानदार, कर्मशील र जनताप्रति सर्मपित काम गरेर दखाउने बताए । सत्तागठबन्धनका उम्मेदवार बलायरले गठबन्धनले मुलुकलाई बचाएको बताउँदै गठबन्धन सफल हुने दावी गरे। अब गठबन्धनले मुलुकलाई १० वर्षको खाका बनाएर जानुपर्ने र सुदूरपश्चिममा गठबन्धनको बलियो उपस्थिति रहेने समेत बताएका छन् ।