डडेल्धुरा। जिल्ला कारागार डडेल्धुरामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी मध्ये ४६ जनाले मंसिर ४ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन । ४४ पुरुष र दुई महिला गरि ४६ जनाले मतदान गर्न पाउने जेलर जितेन्द्र प्रसाद ओझाले जानकारी दिए ।
कारागारमा १०१ पुरुष र ११ महिला गरि जम्मा ११२ जना कैदीबन्दी रहेका छन । उनिहरु मध्ये अस्थाई मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिक तर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेधुरा निर्वाचन अधिकृत करुणाकर ओझाले बताए । कैदीबन्दी लगायत र्कचारीहरु लाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ ।कर्मचारीहरुले पायक पर्ने मतदान केन्द्र एवं स्थलहरुबाट मतदान गर्ने भए पनि कैदीबन्दीहरुको मतदात गर्न पाउने हक अन्तरगत कारागारमा नै मतदान केन्द्र तोकिएको उनले बताए ।