कञ्चनपुर। भारतीय प्रहरीले लागुऔषधसहित कञ्चनपुरका एक जना (नेपाली)लाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागुऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।
भारतीय प्रहरीले उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरेको छ। पाण्डेयलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ । लागुऔषध रोकथामका लागि भारतीय प्रहरीले ‘क्रैक डाउन’ अभियान चलाइरहेको जनाएको छ ।