धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटीया दिपायल फाष्ट ट्रयाकको काम बजेट काटेर विर वहादुर वलायरले रोकेको आरोप लगाएका छन । गोदावरी नगरपालिका वडा नम्वर ४ बुढीतोमा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
काग्रेस नेता रमेश लेखक भौतिक पुर्वाधार मन्त्रि हुदा आफ्नो पहलमा फाष्ट ट्रयाक निर्माणका लागि बजेट छुट्याएको बताउदै उनले पछि भौतिक पुर्वाधार मन्त्रि वीर बहादुर वलायर हुदा बजेट काटेको बताए । फाष्ट ट्रयाक निर्माणमा लेखराजले विर्को लगाए भन्दै कु प्रचार गरेको भन्दै भट्टले फाष्ट ट्रयाक आफ्नो सपनाको सडक भएको बताए । उनले बलायर मन्त्रि हुदा सुदूरपश्चिममा नया योजना थप्नुको सट्टा उल्टै बजेट कटौति गरेको आरोप लगाए ।
कैलालीको गोदावरि धामलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने बताउदै उनले धामलाई चुरका धार्मिक क्षेत्रसग जोडेर धार्मिक कोरीडोर बनाउने लक्ष्य रहको बताए । उनले धामको डिपिआर गरेर चुर र गोदावरी क्षेत्रका धार्मिक स्थल एउटैमा जोड्न पहल गर्ने बताए । उनले बुढीतालामा खानेपानि समस्या सामाधान गर्न लिप्टीङ खानेपानिको योजना सुरु गरेको बताउदै उनले अबको केही बर्षमा खानेपानि घर घर पुग्ने बताए ।
खानेपानि बनिसकेपछि बुढीतोलामा तरिकारी खेति गर्न सजिलो हुने बताउदै उनले तरकारी उव्जनि गरेर मनग्य आम्दानी गर्न सकिने बताए । उनले तरकारीको बजारका लागि नेपालका बजार र भारतीय बजारका लागि पहल गर्ने बताए । उनले तरकारी, अमिलो जातको फलफुल, बाख्रा पालन लगाएतका व्यवसाय गर्ने किसानलाई अनुदानको व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
यस्तै क्षेत्र नम्वर ४ प्रदेश (ख) का उमेदवार हरि सिह साउदले गोदावरी नगरपालिकाको नेत्रित्वमा हुदा विगटमा क्षेत्रको विकासका लागि महत्वपुर्ण भेमिका खेलेको बताएका छन । उनले शिक्षा, स्वास्थ्य, खानेपानि लगाएतका क्षेत्रको बिकासका लागि महत्वपुर्ण भुमिका खेलेको बताएका हुन । उनले गोदावरी धार्मिक पर्यटकिय क्षेत्रसग जोडेर बुढितालालाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्न पहल गरेको बताए ।
नगरमा हुदा सुरु गरेका केही योजना पूरा भएको र केही बाकि रहेको बताउदै उनले अधुरा र वाकि रहेका योजना प्रदेशमा रहेर पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । नेपाली काग्रेसका उमेदवार वीर वहादुर बलायरले बिभिन्न योनाका नाममा जनतालाई ठगि रहेको आरोप लगाए । उनले एमालेको सरकारले निर्माण गरेका योजना र निर्माणका क्रममा रहेका योजना आफुले गरेको भन्दै जनतालाई ठगिरहेको आरोप लगाए ।
उनले डोटीमा बिकासको सिन्को नभाचेर कैलाली आएका काग्रेसका उमेदवार वलायरले बिकास गर्लान भनेर विश्वास नगर्ने अनुरोध गरे । उनले गोदावरी नगरपालिका मेयर हरि सिह साउदले के गरे भनेर जनतामा माझ प्रश्न गर्नेलाई अहिले हिडिरहेका पिच सडक र पुल हेर्न अनरोध गरे ।

