धनगढी : नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश सिहं धामीले हिजो देखी जित्दै आएकाहरु र स्वतन्त्रका नाममा आएकाहरुलाई फेरी चुने देश अँझै बिकासबाट बञ्चित हुने बताएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ७ को देवरिया गाउँमा चुनावी टोलसभालाई सम्बोधन गर्दै धामीले हिजो जितेकाहरुले के गरे भनेर बुझ्नुपर्ने बेला आएको बताएका हुन् ।
हिजो जितेर गएकाहरु धेरै काम गरे भनेर गफ हान्दैछन उनले भने “तर उनिहरुले सिन्को भाँचेनन्, अझँ पार्टीको टिकट नपाएकाहरु स्वतन्त्र हौँ भनेर तपाइहरुका घरमा आइरहेका छन्, पार्टीमा योगदान नगरेकै कारण टिकट पाइएन होला नी पार्टिमा काम गर्न नसक्ने अनी जनताको सेव गर्न सक्छन त, तपाइहरु उनिहरुका झुटा गफमा नभुलिनुहोला ।” ५ दलिय गठबन्धनका उमेदवारहरु जितको नजिक पुगेका कारण अब सबैले मत हाल्न सिकाउनुपर्नेमा धामीले जोड दिए ।
हाम्रा आमाबुवाहरुलाई, दिदि बहिनिहरुलाई मत कसरी हाल्ने भनेर सिकाउन जरुरी छ उनले भने “यत्रो क्रियाशिल सदस्य भएको काग्रेंस, अनी यतिको संगठन भएको माओवादी र एकिकृत समाजवादी सहितका दलको गठबन्धनका उमेदवारलेनै चुनाव हारे भने के स्थिती आउला आफै ख्याल गर्नुस ।” गठबन्धनमा भएकाले प्रस्ट कुरा गर्नुपर्छ हाम्रो भोट रुखमा र हसिया हतौडामा जान्छ भनेर प्रस्ट बिचार बनाउनुपर्छ धामीले भने “हामी आफै अलमल भयौँ भने जनता झन अलमल हुन्छन् त्यस कारण हामी गठबन्धनका साथीहरु एक हुनुपर्छ र हामी चुनाव जित्छौँ ।”
संबिधानमा सबैको अधिकार छ। सबैले बोल्न पाएका छन्, अधिकार पाएका छन्, उनले भने “यो संबिधान मास्न केपी ओली र राजेन्द्र लिङ्देल छन् यो ब्यवस्था खान खोजिरहेका छन् हेर्नुस, यि आउँदा चिल्ला कुरा गर्छन् तर उनको भित्र यो ब्यवस्था फाल्ने रणनिति छ, दलित, महिला, राना, थारुका अधिकार सक्ने काममा उनिहरु लागेका छन् ।” देशको समस्या समाधान र जनताका समस्या समाधान गर्न गठबन्धनले जित्न जरुरी छ उनले भने “यि सबै समस्याको समाधान गर्ने जिम्मा हामी लिन्छौँ, यहाँका सडक, खानेपानी, बिधुत लगायत सबै समस्या हामी समाधान गर्छौँ, एक पटक हामीलाई अवशर दिनुस, तपाइहरुको शिर झुकाउने काम गर्ने छैन ।”

