धनगढी। कैलालीको एक सामुदायिक बनमा एक जना युवक मृत फेला परेका छन्। कैलालीको टीकापुर नगरपालिका ६ सत्तीको कर्णाली सामुदायिक वनमा आज एक जना युवक मृत फेला परेका हुन्।
कैलाली प्रहरीले हालसम्म उनको नाम, थर, वतन केही पनि नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको बताइएको छ।


