धनगढी : आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनको मुखैमा पुर्व बन तथा वातावरण मन्त्री नारदमुनी रानाका अगं रक्षक खोशिएका छन् । मन्त्री पद गएसंगै उनको शुरक्षाका लागी खटाइएका नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक दिलिप चौधरीलाई फिर्ता बोलाइएको हो । २१ गतेदेखी चौधरीलाई दरबन्दी रहेकै ठाउँमा तानेको कैलाली क्षेत्र नम्बर ५ बाट उमेदवार बनेका एमाले पोलिट्ब्युरो सदस्य नारदमुनी रानाका अंग रक्षक खोशिएका हुन् ।
केही दिनअघी चुनावी घरदैलोमा गएर फर्किदै गर्दा फुलवारीमा काग्रेंस कार्यक्रताहरुले रानाको गाडी रोकेर हातपात गर्न खोजको र अंग रक्षककै कारण आफु जोगिएको रानाले बताएका छन् । अर्को दिन अगं रक्षक चौधरीलाई फिर्ता बोलाएपछि सरकारबाटै आफुलाई शुरक्षा चुनौती देखेको रानाले बताए । मन्त्री पद गएको २ बर्षसम्म हंग रक्षक पाइने ब्यवस्था भएपनि चुनावको मुखैमा अंग रक्षक खोशिनुले आफुमाथी सरकारबाटै शुरक्षा चुनौती भएको रानाले बताए ।
चुनाव जित्ने अवस्था देखेपछि गठबन्धन सरकारले आफ्नो अगं रक्षक खोशेको रानाको आरोप छ ।

