धनगढी : नेपाली काग्रेंसकी केन्द्रिय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ क को बिकास गठबन्धनका उमेदवार तथा माओवादीका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामीले गर्ने बताएकी छिन् । धनगढीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले रमेश धामी एक उमेदवार मात्रै नभएर एउटा जोश भएको पार्टीको नेता समेत भएका कारण उनि बाहेक यस क्षेत्रको बिकास कसैले गर्न नसक्ने बताएकी हुन् ।
गठबन्धनले एउटा काम गर्ने हुटहुटी भएको युवा नेतालाई यस क्षेत्रको उमेदवार बनाएका कारण बिकासका लागी धामीलाई रोज्नुपर्ने आरजुको भनाई छ । गठबन्धनका दलहरुले एकढिक्का भएर गठबन्धनका उमेदवारलाई मत हाल्नुपर्ने आरजुको भनाई थियो । कसैले केही भन्लान तर देश जोगाउन र बिकासका लागी गठबन्धन रोज्नुको बिकल्प नभएको उनले बताइन् ।