धनगढी : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य नारदमुनी रानाले जनता एमालेको पक्षमा मतदान गर्न आतुर भएको बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा एमालेको तर्फबाट प्रतिनिधीसभा सदस्यको उमेदवार समेत रहेका रानाले धनगढी उप महानगरपालिका ९ को घरदैलो कार्यक्रममा सुर्य चिन्हमा मतदान गर्न जनता आतुर भएको बताएका हुन् ।
एमाले सरकारमा भएका बेला देशको आर्थिक उन्नती, बिकासमा गती भएपनि गठबन्धन सरकार आएपछि देशमा भएको बेथितीका कारण जनता गठबन्धनबाट आजित बनेको भन्दै रानाले बिकास र सम्बृद्धीका लागी जनताको रोजाई एमालेनै रहेको बताए । देशभरी जस्तै कैलाली क्षेत्र नम्बर ५ मापनि एमालेको पक्षमा निकै उत्साहपुर्ण जनलहर चलेको छ रानाले भने “आम जनताको यो साथले निकै उच्साहित बनाएको छ, हामीले गरेका कामले जनता बिश्वस्त छन्, त्यस कारण हम्रो जित निश्चित छ ।”
कैलाली ५ मा दलको प्रतिस्प्रधा दलसंगै हो उनले भने “तर एमालेसंग गठबन्धन प्रतिस्प्रधामै पुग्दैन, हाम्रो जित निश्चित छ ।” कैलाली ५ बाट मैले निर्वाचित भएपछिका बिकास सबैले देख्नुभएको छ, उनले भने “रिङरोड सडक, हुलाकी सडक, सघन सहरीको धनगढी, खुटिया दिपायल सडक, सडक, सिटि हल, नमुना बिद्यालय भवन, फुलवारी क्याम्पसको ल्याव, जोखरतालको बिकास, बेहडाबाबाको बिकास लगायत साना देखी ठुला योजना मेरो कार्यकालमा शुरु भएका छन् ति योजना सम्पन्न गर्न र धनगढीमा नयाँ बिकासको खाका कोर्न जनताले एमालेनै रोज्छन् ।”