धनगढी : नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश धामीले आफु निर्वाचित भएपछि एक टोल एक बिकासका योजना लागु गर्ने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ क मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उमेदवार समेत रहेका धामीले धनगढी उप महानगरपालिका वडा नम्बर १७ को घरदैलो अभियानमा बोल्दै हरेक टोलका समस्या टिपोट गरेर लगेको बताएका हुन् ।
धामीले हरेक जनताका टोलमा, घरमा पुगेर समस्या सुनिरहेको र ति समस्या टिपोट गर्दै निर्वाचित भएपछि समस्या समाधानमा केन्द्रित हुने बताए । म हरेक टोलमा गइरहेको छु गुनासो एउटै सुन्छु, बिगतमा जिताएका नेताहरु गाउँनै फर्केनन् तपाइपनि त्यस्तै हो की भनेर उनले भने “म त्यस्तो स्वार्थी नेता होइन, म जनताका माँझबाटै हुर्केको मान्छे हुँ त्यस कारण म जनताका घरमा पुगेर समस्या सुन्दैछु र यी समस्या टिपोट गरेको छु, म मेरो कार्यकालमा समाधान गर्नेछु ।”
म गर्न नसक्ने गफ दिदैन उनले भने “म जे गर्न सक्छु त्यो आश्वासन बाँडीरहेको छु, आफु निर्वाचित भएपछि प्रदेश सरकारबाट के गर्न सकिन्छ गर्छु, यहाँबाट नभएका कामका लागी शेर बहादूर देउवा, प्रचण्ड, माधव नेपालकहाँ पुगेरपनि योजना ल्याउँछु मात्र मलाई जनताको साथ चाहिन्छ ।” बिगतमा जितेका नेताहरुले काम नगरेकै कारण जनतामा निकै निराशा छ उनले भने “म निर्वाचित भएपछि निराश हुनुपर्ने छैन, कतै कमिशन खाएको खबर सुन्नुपर्ने छैन, मेरा मतदाताको रिश निहुरिन दिने छैन, यसका लागी जहाँ गएर कसम खा भन्नुहुन्न म तयार छु ।”