धनगढी। धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न संरचनामाथि डोजर चलाउने कार्य आज पनी जारी राखेको छ। कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा उपमहानगरपालीकाले संरचनामाथि डोजर चलाइरहेको हो।
जसअनुसार सोही अनुरूप आज धनगढीको लक्ष्मी नारायण मन्दिरसहितमुख्य बजार एलएन चोक क्षेत्रमा सडक क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाइरहेको छ। उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न भनेको थियो।यसअघि बुधबार सेती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको प्रदेश स्वास्थ्य कार्यालय, रक्तसञ्चार केन्द्र लगायतका संरचनामा डोजर चलाइएको थियो। भदौमा सडक क्षेत्राधिकार खाली गर्नका लागि ४५ दिने सूचना जारी गरेको र त्यसलगत्तै दसैँ, तिहार परेको हुँदा अहिले डोजर लगाउन सुरु गरेको मेयर गोपाल हमालले बताए।
अब पहिलो चरणमा सरकारी कार्यालयहरुमा डोजर चलाएको हो । दोस्रोमा संघसंस्था त्यसपछि मात्र निजी संरचना भत्काइनेछ।’ उनले सकेसम्म सबैलाई संरचना आफैँ खाली गर्नसमेत आग्रह गरेका छन् ।‘आफैँले सडक खाली गरेमा क्षति कम हुन्छ’, उनले भने । डोजरले भत्काउँदा धेरै क्षति हुने भएको हुँदा समयमै सडकको क्षेत्राधिकार खाली गर्नुपर्नै उनले बताए। भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार समेत गरेको थियो। उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खालि नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो।तस्बीर:योगेन्द्र नायक