कञ्चनपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई दिएको समर्थन कायमै रहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताएका हुन्।
ओलीले हाम्रो प्रतिबद्धतामा कायम रहेको र कसैले बक्तव्य निकाल्यो भनेर सुन्नमा आएको ओलीले भने, ‘तर त्यस्तो अधिकार अरुलाई नभएको बताए। यता डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए।
तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकार अरुलाई नभएको बताए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्दै कर्ण मल्लले नेपाली कांग्रेस वीपीबाट राजनीतिक थालेका छन् । मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको छैन ।एमाले अध्यक्ष ओलीले आज सुदुरपश्चिमका तिन ठाउँमा चुनावी सभामा संवोधन गरेका हुन्।


