धनगढी : आशन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी उमेदवारहरु मत माग्नका लागी घरदैलोमा ब्यस्त छन् । कैलाली क्षेत्र नम्बर ५ ‘१’ मा बाम लोकतान्त्रीक गठबन्धनबाट उमेदवार बनेका माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश शिहं धामी घरदैलो अभियानमा छन् । मत माग्नका लागी घर दैलो अभियानमा रहेका धामी दिन प्रतिदिन लोकप्रिय बन्दै गएका छन् ।
२०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उमेदवार बनेर कैलाली ५ ‘२’ बाट प्रदेशसभाको निर्वाचन लडेका धामी झिनो मतले पराजित भएका थिए । यस पटक प्रदेशसभा १ बाट उमेदवार बनेका उनले बिगतभन्दा निकै साथ पाएको बताएका छन् । शुक्रबार मात्रै धामीले धनगढी उप महानगरपालिका वडा नम्बर १२ जुगेडा लगायतका गाउँमा मत मागे ।
मत माग्ने क्रममा जनताको उल्लासपुर्ण साथ पाएको धामीले बताएका छन् । धामी ज्येष्ठ नागरिकहरुलाई सुझाव माग्दै आर्शिवाद थापिरहेका छन् भने युवा तथा सामाजिक अगुवाहरुकहाँ बिकासका एजेण्डा प्रस्तुत गर्दै सुझाव मागिरहेका छन् । मत माग्ने क्रममा उनले आफ्नो क्षेत्रको बिकासनै मुख्य एजेण्डा प्रस्तुत गरेका छन् । बिकासमा निकै पछाडी परेको सो क्षेत्रमा देखिएका समस्या समाधाननै पहिलो प्रार्थमिकता रहने धामीले बताए । आफु युवा र आँट भएको मानिस भएका कारण आफ्नो कार्यकालमा पुर्ण समय जनताका लागी दिने धामीको भनाई छ ।