धनगढी : नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले दिलेन्द्र बडुले कालापानीको बारेमा क नसम्झेको बताएका छन् । दार्चुलाको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले तत्कालिन एमाले सरकारका बेला दार्चुलाबाट निर्वाचित गणेस सिहं ठगुन्ना सहितको उपस्थितीमा भारतको प्रधानमन्त्रीसंग दार्चुलाको समस्या समाधानका लागी आफुले छलफल गरेरै यहाँ झोलुगें पुल बनेकोे दावी गरे ।
दिलेन्द्र जिले काठमाण्डौँ हुँद दार्चुला सम्झिनुभएन ओलीले भने “यहाँका समस्या सम्झिनुभएन, यहाँको उत्पादनलाई सम्झिनुभएन, यहाँको ठाउँलाई बिकास गर्न उहाँले ध्यान दिनुभएन, यस कारण दार्चुला बनाउन एमालेले जित्नुपर्छ ।” हामीसंग जडिबुटी प्रशस्त छन् यसको प्रसोधन गरेर बजारमा पुगाउन सकिन्छ, ओलीले भने “भेडा पालन, चौरी पालन अनेक गर्न सकिन्छ र निर्यात गर्न सकिन्छ, त्यसका लागी एमालेले जित्नुपर्छ, तपाइहरुले दार्चुलाबाट गणेस सिहं ठगुन्ना सहितको पुरै टिकलाई बिजयी गराउनुपर्छ ।”
आज दार्चुला बिश्वले चिन्ने भएको छ, कालापानी बिश्वले चिन्ने भएको छ उनले भने “ब्यास हिमालका फेदको चिज भनेपछि खान मन नपराउने को होला तर हामीले त्यो बजारसम्म पुगाउन सकेका छैनौ, यसका लागी एमालेको सरकार बन्नुपर्छ ।”
एमाले प्रतीको यो बिश्वास अन्त्यन्तै सह्रानिय छ, तपाइहरुको आशा निराशामा परिणत हुँदैन ओलीले भने “तपाइहरुको अठोट ब्यापक बनाउनुस अत्याधिक मतले गणेस ठगुन्नाको टिमलाई बिजय गराउनुस हामीले केन्द्र र प्रदेशमा सरकार बनाउनु छ, दार्चुलाको तुइनको समस्या एमालेकै सरकारमा समाधानतर्फ गएको छ, अब थप झोलुगें पुल र पक्की पुल एमालेले बनाउने छ, जिताएर पठाउनुस ।”
दार्चुलामा सडक पुगाएको एमालेले हो अब एमालेकै नेतृत्वमा शुरु भएका योजना सम्पन्न हुँदैछन् उनले भने “भारतले हाम्रो भुमिबाट बाटो लगेर चिन जोड्छ, हामीले आफ्नै जमिनमा सडक बनाउदाँ भारतले किन चित्त दुखाउने, भारतलेपनि आफ्नै सिमाबाट तटबन्धन गरोस, हामीपनि आफ्नै जमिनमा बाटो र तटबन्धन गर्नेछौँ, महाकालीमा हामी तटबन्धन गरेर दार्चुला जोगाउनेछौँ ।”
नेपालले गुमाएको कालापानी, लिम्पियाधुरा फिर्ता हुनुपर्नेमा ओलीले जोड दिए । देशभक्त, बिकासप्रेमी शक्ती एमालेसंग छ, त्यो शक्ती यो चुनावले देखाउनुपर्ने उनले बताए । एमालेले गरेको सभाभन्दा ७ दलले गरेको सभामा आधाजति मान्छे उतारेर देखाउन ओलीले चुनौती दिए । आजै ओली बैतडीको पाटन र कञ्चनपुरको चुनावीसभालाई सम्बोधन गर्ने छन् ।