धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन्। बुधबार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो साढे दुई बजे डडेल्धुरा पुगेका हुन ।
आज उनले वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गरेको सभालाई सम्बोधन गर्नेछन्। त्यस्तै डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्ने छ । शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता तथा कार्यकर्ता र समर्थकलाई सदरमुकाम ल्याइरहेको छ।
कार्यकर्ता सदरमुकाममा उतार्न ४५ वटा गाडीको प्रयोग गरिएको लोकतान्त्रिक गठबन्धन डडेल्धुराको दाबी छ। यस्तै प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ।