दार्चुला। दार्चुलामा भारतीय पक्षले तटबन्ध निर्माणको काम सुरु गरेको छ। दार्चुला सदरमुकामस्थीत महाकाली नदि किनारमा भारतले फेरी तटबन्ध निर्माणको काम सुरु गरेको हो। भारतले पुरानै ठेक्कालाई निरन्तरता दिदै तटबन्ध निर्माणको काम अगाडी बढाएको छ। मंगलबार दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले तटबन्धको स्थलगत अनुगमन गरेकी छिन्।
महाकाली नदीको धार परिवर्तन नहुने गरी तटबन्ध निर्माण गर्न आग्रह गरिएको उनले भनिन्। यस पटक भारतीय पक्षले तटबन्ध निर्माणबारे प्रशासनलाई जानकारी दिएको छ। तर,‘नदीको धार पविर्तन नहुने गरी तटबन्ध निर्माण गर्नुहोस् भनेको बताइन्। यस विषयमा जिल्ला प्रशासन कार्यालयमा दुवै देशका अधिकारीबीच भोली थप छलफल हुने जानकारी दिइन् ।विगतका समयमा भारतीय पक्षले नेपाली प्रशासनसँग कुनै समन्वय नगरी तटबन्ध निर्माण गर्दै आएको थियो ।