दार्चुला। दार्चुलामा गत शनिबार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ। दार्चुलाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस्तै दुर्घटना हुँदा मोटरसाइकलपछाडी सवार हिमांशु शाही दुर्घटनामा घाइते भएकी थिइन्। उनी जिल्ला अस्पताल दार्चुलामा उपचारपछि डिस्चार्ज भएकी छिन्।