कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ।
कञ्चनपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका-११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी-२ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन्। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागुऔषधसहित पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।