कंचनपुर। नेकपा एमाले कंचनपुर जिल्ला अध्यक्ष तथा क्षेत्र न ३(२)प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले कांग्रेस उम्मेदवार रमेश लेखकलाई खुला बहसमा आउन चुनौती दिएका छन्। चुनावी प्रचारप्रसारका क्रममा रहेका एमाले उम्मेदवार विष्टले मंसिर ४ गतेआसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अघि लेखकलाई खुला बहसमा आउन चुनौती दिएका हुन् ।
सोमवार स्थानीय नेता, कार्यकर्तासँगको भेलालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य उम्मेदवार विष्टले भने, मंसिर ४ गतेअघि नै रमेश लेखकसँग बहस गर्न तयार छु, आउनु होस्,’ उम्मेदवार विष्टले भने, ‘हामी जे बोल्छौं, त्यो गर्छौं । हामी सत्य तथ्य बोल्छौं ।’विकासका भाषण र कागजी प्रतिबद्धता गरेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ उनले भने। कांग्रेसले चुनाव प्रचारका क्रममा भ्रम फैलाउने काम गरिरहेको उनलेआरोप लगाए।
महाकाली नदीको रोयल्टीको विषयमा आरोप लगाइएपछि विष्टले भने, ‘आर्थिक वर्ष २०७४/७५ सम्म तत्कालीन जिल्ला विकास समितिले ठेक्का गर्ने गरेको थियो, दोधाराचाँदनीले कति बजेट पाउँथ्यो रु २०७५/७६ मा दोधारा चाँदनी नगरपालिकाले आफैं कर पठाउँदा कति उठाएको थियो ? नगरपालिकामा हिसाब हेर्नुहोला । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा दुवै नगरपालिकाबीच सम्झौता भएर ४८ लाख रुपैयाँ बाँडफाँट हुने सहमति भएको छ,’ विष्टले भने, ‘४८ लाख रुपैयाँ पहिलाभन्दा बढी हो । भीमदत्तले कहाँनिर कम दियो रु कहाँनिर अन्याय भयो रु यस्ता भ्रम किन छर्नुप¥यो?’ दोधाराचाँदनी नगरपालिकाले आफैं रोयल्टी उठाउँदा वर्षभरि १२ लाख रुपैयाँ मात्रै उठाउन सकेको थियो । उम्मेदवार विष्टले नगरपालिकाको राजस्व फाँटबाट तथ्यांक ल्याएर हेर्न आग्रह समेत गरे ।
एमाले सरकारले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाएको सन्दर्भमा कांग्रेसले निर्माण कार्य पूरा नगरेको भनेर आरोप लगाइरहेकोप्रति उम्मेदवार विष्टले असन्तुष्टि जनाएका छन् । कांग्रेसप्रति कटाक्ष गर्दै विष्टले भने, ‘सुक्खा बन्दरगाह यात्रु प्रतीक्षालय बनाए जस्तो हो र ? एमाले सरकारले डीपीआर, ईआईए बनायो, काम अगाडि बढायो, त्यसपछि त सरकार नै ढालियो । कांग्रेसले सुक्खा बन्दरगाह बनाउने के ग¥यो रु’ आसन्न चुनावपछि बन्ने एमाले सरकारले नै बन्दरगाह निर्माणको कामलाई टुंग्याउने बताए । भीमदत्त नगरपालिकाको नगर प्रमुख (मेयर) हुँदा आफू सदैव दोधाराचाँदनी नगरपालिकासँग पनि नजिक रहेको विष्टले बताए । ‘आगलागी हुँदा दमकल पठाउने, कोरोनाकालमा गौरीफन्टाबाट दोधाराचाँदनीका पीडितलाई ल्याउनेदेखि कुतियाकवरमा डुबान हुँदा सहयोग गर्ने काम हामीले गर्दै आएका थियौं,’ उनले भने, ‘जातीय र भेगीय कुराभन्दा पनि काम हेरेर मतदान गर्नुहोला । एमालेका उम्मेदवारसँग नै दोधाराचाँदनीको विकासका योजना छन् ।’ प्रतिनिधिसभा सदस्य उम्मेदवार निरु पालले एमालेको भिजनलाई कांग्रेसका उम्मेदवारले आफ्नो भएको जस्तो गरेर प्रचार गरिरहेको बताएकी छिन् ।