कैलाली। कैलालीको क्षेत्र नम्बर ४ मा गठबन्धनलाई जिताउन सत्ता गठबन्धनका दलहरुले अपील गरेका छन। आइतबार पाँच दलिय गठबन्धन संयुक्त क्षेत्रीय निर्वाचन मुल परिचालन समितिको बैठकले सो अपील गरेको हो।
समितिका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त रोकाया, समितिका सचिव एवम् नेकपा माओवादी केन्द्रका क्षेत्रिय संयोजक बल बहादुर महता, समितिका सदस्य एवम् एकिकृत समाजवादी पार्टी राष्ट्रिय परिषद सदस्य रत्ना कडायत र समितिका सदस्य एवम् राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रिय सदस्य हरीकृष्ण पाण्डेयद्धारा जारी गरिएको अपीलमा प्रतिगमनबाट मुलकलाई जोगाउन गठबन्धनलाइ जिताउन अपील गरिएको छ ।
अपिलमा भनिएको छ ‘मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनमा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट उम्मेदवारहरुलाई निर्वाचनमा जिताई प्रतिगमनबाट मुलुकलाई जोगाई नागरिकका हक अधिकारलाई सुरक्षित राख्न सम्पूण सयुक्त लोकतान्त्रीक बाम गठबन्धनका नेता, कार्यकर्ता, शुभेक्षुक, नागरिक समाज, बुद्धिजीवी, मजदुर, किसान, उद्योगी व्यापारी, व्यवसायी, संचारजगत, संघिय लोकतान्त्रीय गणतन्त्र पक्षधरहरु सम्पूर्णमा यो बैठक आह्वान गर्दछ ।’ प्रतिनिधि सभाका लागी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर चुनावी मैदानमा छन भने प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका दिर्घ सोडारी र प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका नेता प्रकाश बहादुर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।