काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र आज सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा पठाएको छ। कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा आइतबार बिहान प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र पठाइएको हो।
यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि पठाइएको आयोगले जनाएको छ। ती जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ।आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय गरी निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सकिएको छ।