कैलाली। कैलालीको चौमाला बजारमा आगलागी भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको थियो। उक्त मोबाइल ग्यालरीसँगै ६ वटा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। ६ वटा पसलमा आगलागी हुँदा १ करोड १३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
हिजो साँझ करिब साढे ७ बजे हिमाल मोबाइल ग्यालरीमा विद्युत सर्ट भइ आगो लागेको थियो । सो पसलमा सल्केको आगो नियन्त्रण नभएपछि अरु पसलमा पनि आगलागी भएको थियो ।आगलागीबाट दुई वटा मोबाइल पसल, एउटा हार्डवेयर पसल, दुई वटा किराना पसल र एउटा होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।आगलागीबाट
गौरीगंगा नगरपालिका १ चौमाला बस्ने बिष्णु कुमार पाण्डेको लुम्बिनी होटलमा १ लाख ५० हजार बराबरको क्षति भएको छ भने, जयसिंह भण्डारीको भण्डारी किरानामा १५ लाख, पारस सापकोटाको बहराय मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको हिमाल मोबाइल ग्यालरीमा १२ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै सोही ठाउँका छविलाल खनालको पशुपती डम्मरा सप्लायर्समा ४५ लाख बराबरको क्षति भएको छ भने टंक प्रसाद आचार्यको आचार्य शु सेन्टरमा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। सुरक्षाकर्मी स्थानीय लगायतले गोदावरी र घोडाघोडी नगरपालिकाको दमकलको सहयोगमा ८ः१० बजे आगो नियन्त्रणमा लिएका थिए।
क्षतीको विवरणः- 1) जि. कैलाली गौरीगंगा न.पा. ०१ चौमाला बस्ने बिष्नु कुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान लगायत अ. १,५०,०००।– (एक लाख पचास हजार) सम्मको क्षती भएको । 2) ऐ. बस्ने जय सिंह भण्डारीको किराना पसलको समान, दुई वटा फ्रिज लगायत अ. १५,००,०००।– (पन्ध्र लाख) सम्मको क्षती भएको । 3) ऐ. बस्ने पारस सापकोटाको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समान लगायत अ. १०,००,०००।– (दस लाख) सम्मको क्षती भएको । 4) ऐ. बस्ने हिमाल पुन मगरको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समान लगायत अ. १२,००,०००।– (बाह्र लाख) सम्मको क्षती भएको । 5) ऐ. बस्ने छविलाल खनालको हार्डवेयर पसलमा अ. ४५,००,०००-। (पैतालिस लाख सम्मको) क्षती भएको । 6) ऐ. बस्ने टंक प्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतक अ. ३०,००,०००।– (तिस लाख सम्मको) क्षेती भएको ।-प्रहरी बिवरण