दार्चुला। दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाईते भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका छन्।प्रहरीले टमटाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको र चालक शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको जनाएको छ।घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।