कैलाली। सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने र सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलले आ आफ्ना उम्मेदवार उठाएको सूची सार्वजनिक गरेको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ। यस्तै सुदुरपश्चिम प्रदेशको साझा उम्मेदवारबाहेक कञ्चनपुरका दुई वटा प्रदेशसभा क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गरिरहेको छ।
कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा (२)मा नेकपा एकीकृत समाजवादीका तर्फबाट लालबहादुर खड्का उम्मेदवार छन्। गठबन्धनले कांग्रेसका बहादुरसिंह थापालाई चुनावी मैदानमा उतारेको छ। खड्काले मित्रवत् प्रतिस्पर्धा गरिरहेका हुन्। यस्तै प्रतिनिधिसभा क्षेत्र ३ को प्रदेशसभा (१) मा पनि मित्रवत् प्रतिस्पर्धा हुने भएको छ। एकीकृत समाजवादीले प्रकाश रावललाई उम्मेदवार बनाएको यो क्षेत्रमा गठबन्धनले माओवादी केन्द्रका टेकेन्द्र भट्टलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। यहाँ रावलले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन्। यस्तै बाजुरामा प्रदेश सभा १ मा नेकपा एकिकृत समाजवादीका नरेश शाही उम्मेदवार छन् । भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन्। प्रतिस्पर्धाका बारेमा छलफल जारी रहेको जनाइएको छ।सूची हेर्नुहोस यहाँ
पुर्ण सूची हेर्नुहोस यहाँ FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing