दार्चुला। दार्चुलाबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। सुत्केरी व्याथा लागेर खण्डेश्वरी स्वास्थ्यचौकीमा आएकी अपिहिमाल गाउँपालिका ३ थुम्तीकी निर्मला धामी बोहराको हवाई उद्धार गरिएको हो।
स्वास्थ्यचौकीमा भर्ना भएको २४ घण्टामा सम्म समेत बच्चा जन्माउन नसकेपछि उनलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन । ती महिलाको अप्रेशन गर्नुपर्ने अवस्था सिर्जना भएपछि हवाई उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको हवाई उद्धार गरिएको हो ।