दार्चुला। ढुँगा बिष्फोट गराउँदा दार्चुलाका एक बालकको मृत्यु भएको छ। भारततर्फ पहरा फुटाउन जिलेटिन बिष्फोट गरिदा त्यहाँबाट उछिट्टिएर आएको ढुंगाले लागेर दार्चुलाको व्याँस २ तम्पाकुका १२ वर्षीय पवन महराको शुक्रवार बिहान मृत्यु भएको हो । व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लागेर महराको घटनास्थलमै मृत्यु भएको बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले ढुंगाले लागेर बालकको मृत्यु भएको जानकारी आएको बताए । तर त्यो ढुंगा पारिबाट आएको हो वा होइन त्यसबारे अनुसन्धानपछि थाहा हुने उनले बताए। अहिले उनले, उक्त घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाएको र ‘त्यसपछि बिस्तृतमा भन्न सकिने बताए । नेपाल र भारतलाई महाकाली नदीले छुट्टयाएको ठाउँ भएकोगाउँपालिका अध्यक्ष धामीले बताए। उनले तिहार विदा सक्काएर दुम्लिङस्थित विद्यालयतर्फ आउदै गर्दा बालकको मृत्यु भएको बताए। यस्तै उनले यो घटनामा केही स्थानीय पनि घाइते भएको समेत बताए ।