कैलालीमा कार र मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गौरिगंगा नगरपालिका ३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका २ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएइको छ।

