कैलाली। निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको छ । विभिन्न पार्टीबाट बन्दसूचीमा नाम रहेकामध्ये सुदुरपश्चिमबाट २५ जनासहित ५५० जनाको नाम आयोगले हटाएको हो ।
उमेर नपुगेका, जरिवाना नतिरेका तथा सरकारी नियुक्ति लिएर बसेका लगायतको नाम बन्दसूचीबाट हटाइएको हो। आयोगका अनुसार प्रदेशसभातर्फ सुदूरपश्चिम प्रदेशबाट २५ जनाको नाम बन्दसूचीबाट हटेको छ । यस्तैप्रदेश १ मा ४५ जना, मधेश प्रदेशबाट ८४, बागमती प्रदेशबाट ७१, गण्डकी प्रदेशबाट २२, लुम्बिनी प्रदेशबाट ७८, कर्णाली प्रदेशबाट २२ र बन्दसूचीबाट हटेको छ । यसैगरी प्रतिनिधिसभातर्फ २०३ जनाको नाम बन्दसूचीबाट हटेको छ ।
सूची हेर्नुहोस्ः(प्रतिनिधिसभाको बन्द सूचीबाट को को हटे)
प्रदेशसभाको बन्द सूचीबाट को को हटे ?
https://drive.google.com/file/d/1mFsIVqH5OfATyNqZ4aAX17bS3guj2bP7/view