नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन सरकार जनताको स्वास्थ्य माथि खेलबाड गरिरहेको आरोप लगाएका छन ।
नेपाल राष्ट्रिय शिक्षक सगठले आयोजना गरेको शुभदिपावलि तथा छट पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले देशमा डेगुं संक्रमण बढ्दै गएपनि सरकारले चासो नै नदिएको आरोप लगाएका हुन ।
देश कै राजधानि काठमाडौंमा समेत सिटामोल नपाएर जनता भौतारिरहदा पनि सरकारको ध्यान जान नसकेको बताउदै उनले गठबन्धन सरकारको ध्यान जनताको रक्षा भन्दा पनि कसरी सत्त हत्याउने भन्नेमा लागेको बताए ।
काठमाण्डौ लगाएत देशका विभिन्न जिल्लामा दिन प्रतिदिन डेगुं संक्रमण बढ्दै गएपनि सरकारले चासो नदिएको बताउदै उनले सरकार जनता बचाउनु भन्दा कार्यकर्ता पालनपोषण गर्न तिर लागेको बताए ।
कोरोना महामारीका बेला नेकपा एमालेको सरकारले काम गरेकै कारण मृत्यु हुनको सख्या अन्य देशको तुलनामा धेरै कम रहेको बताउदै उनले गठबन्धन सरकारलाई जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरे ।
उनले कोरोनाको अवधिमा देशै भरि अक्सिजन र बिरामिलाई आवश्यक पर्ने औषधि पुर्याएकै कारण मृत्यु दर काम भएको बताए ।