कैलालीको गोदावरीमा बसको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । गोदावरी नगरपालिका–३ चौकीडाँडामा भित्रि सडकखण्ड ओलानीतर्फ जाँदै गरेको से १ ख १२८० नम्बरको बसले चौकीडाँडाकै ३२ वर्षीय पुष्करराज भट्टलाई ठक्कर दिएको प्रहरीले बताएको हो।
उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीको माया मेट्रो अस्पताल रेफर गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बस र चालक गोदावरी–१२ कोल्मुडाका २७ वर्षीय सन्तोष अधिकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।