दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय देवानसिंह बिष्टको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा ब्यास गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टका घटनास्थलमै मृत्यु भएको हो। दार्चुला प्रहरीका अनुसार ब्यास गाउँपालिका ४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको छ।