बाजुरा। बाजुराको साबिक बिच्छँया गाबिस तथा हिमाली गाउँपालिकामा उच्चमाबि नहुँदा छात्राहरु पढाइ छोडन बाध्य भएका छन्। बाजुराको हिमाली गाउँपालिका १, २ र ३ मा उच्चमाबि नहुँदा धेरै छात्राहरु पढाइ छोडन बाध्य भएका हुन् । हिमाली गाँउ पालिका २ बस्ने कबिता बोहोरा एसईइ पास भएकी उनी साबिकको बिच्छँया गाबिस भरी उच्च माबि नभएपछि उनले त्यो भन्दा माथिको शिक्षा बाट बञ्चित भइन्।
पढन नपाउने भएपछि उनले १६ बर्षको उमेरमै बिवाह गरीन्। वडा नम्बर १ कि सुन्तली थापाले पनि एसईइ त गाँउ नजिकै बिच्छँया माबिमा गरिन्। तर उच्च शिक्षा पढने यात्रा भने रोकियो। बिच्छँया भरी १० भन्दा माथि पढाई हुने बिद्यालय छैन्, बाहिर छोरीलाई पठाउन पनि मान्दैनन्, अर्को बाहिर पढन पैशा नभएर बिद्यालय बाध्य भएर छोडनु परेको वताईन् । उनि पनि अब पढाइ नहुँने भएपछि बिहे गर्ने मनस्थितीमा छन् । हिमाली गाउपालि १, २ र ३ मा माबि स्तरको एउटा मात्र बिच्छँया माबि छ ।
२०७८ सालमा २४ जना छात्रा थिइन् । ति मध्ये ३ जना मात्र बाहिर पढन गएको बाकि सबैले बिद्यालय छोडेको वडा नम्बर १ स्थानिय लालजित थापाले वताए । २०७७ सालमा पनि १८ जना छात्र मध्ये २ जनाले मात्र उच्च शिक्षा पढिन्, बाँकिले बिद्यालयनै छोडेनु परेको उनले वताए । हिमाली गाँउपालिका १, २ र ३ मा करिब ३६ सय जनसंख्या छ । माबि एउटा छ, उच्च माबि एउटा पनि छैन् । भौगोलिक बिकटताले निकै बिकट रहेको बिच्छँया बाट एसईइ पछि कक्षा ११ र १२ पढन तिन दिन टाढा रहेको बुढिन्नदा नगरपालिकामा रहेको जनप्रकाश उमाबि र मुगुको रातापानि जानु पर्ने बाध्यता रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए ।
केटाहरु त डेरा गरेर पढने, जाने गर्छन्, छात्राहरु भने एसईइ पास पछि ९० प्रतिशतले बिद्यालय छोडने गरेको मल्लले वताए । हिमाली गाँउपालिका ३ का ध्यान रोकायाले भने उमाबि खोल्नका लागि पहल त भइरहेको छ आर्थिक नभएर समस्या भएको वताए । उनले भने छात्रा मात्र नभई छात्रहरुले समेत बिद्यालय छोड्ने गरेको वताए । ३ वटै वडामा स्थायि सरकारी जागीरे एकजना महिला पनि नभएको पुरुषमा ५ जना मात्र सरकारी जागीरे छन् । उच्च शिक्षा बाहिर पढन जानु पर्छ, हुनेखाने पठाउछन्, नभए कक्षा १० सम्म पढ्यो, अनि बिहे गरेर घरजम गर्ने गरेको रोकायाले वताए । बडीमालिका खवर