कञ्चनपुर। कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका सामान बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका अवैध सामान बरामद गरेको हो।
कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १८ फ्रि–लाईनस्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका अन्दाजी २ लाख ५७ हजार मूल्य बराबरका सामान बरामद गरिएको हो । बरामद गरिएका सामानमा मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायतका सामान बरामद गरिएका छन् । यस बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।