धनगढी। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कैलाली–४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।आयोगले शुक्रबार उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छरु,’ आयोगले सोडारीलाई सोधेको छ। आयोगले सोडारीलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ।

