कञ्चनपुर। कञ्चनपुरमा बदेलको मासुसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थीत पूर्व–पश्चिम राजमार्गको अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा चेकजाँचका क्रममा जंगली बदेलको मासुसहित २ जना पक्राउ परेका हुन्।बदेलको मासुसहित सरकारी कर्मचारी र थप एक जना पक्राउ परेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरचना अधिकृत तथा सुचना अधिकारी मनोज ऐरले कृष्णपुर नगरपालिका ४ बस्ने प्रकाशबहादुर देउवा र सोही नगरपालिका ५ बस्ने दलबहादुर देउवालाई पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेमध्ये प्रकाश सरकारी कर्मचारी रहेको सुनिनमा आएको छ तर पुष्टि भने भइ नसकेको बताए।
प्रकाशलाई अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा सरकारी नम्बर प्लेटको म१ब४९४ नम्बरको मोटरसाइकलमा बदेलको मासुसहित पक्राउ गरिएको थियो। अनुसन्धान प्रभावित हुने भन्दै निकुञ्जले कर्मचारीको अन्य विवरण तथा बयान गोप्य राखेको छ। अनुसन्धान टोली गठन गरेर बल्ल बयान लिने कार्य सुरु भएको बताए ।