डोटीको प्रदेश सभा ुखु मा बाम(लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दैछन्। सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो। तर २२ गते राति नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रीय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्यो।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा ओलीले आइतबार (असोज २३ गते) उम्मेदवारी दर्ता गराई चुनावी प्रचार(प्रसार थालिसकेका छन् । मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बनेका ओली उनकै स्वकीय सचिव हुन्। भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहेका ओली उम्मेदवार हुँदासम्म पनि स्वकीय सचिव नै छन्।
स्वकीय सचिव हुँदै प्रदेश सभाको उम्मेदवार बन्ने ओली सुदूरपश्चिममा एक्ला हैनन्। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाइनन्। उनले प्रत्यक्ष निर्वाचनका लागि पार्टीमा दाबी गरे पनि पार्टीले उम्मेदवार बनाएन्। तर, उनकै स्वकीय सचिव दीर्घराज विनाडी कैलाली १ को प्रदेश सभा ख मा उम्मेदवार बनेका छन्। बिनाडी बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन्। बिनाडी पनि बिनिता चौधरी मन्त्री बनेदेखि पाँच वर्षसम्म स्वकीय सचिव रहेका छन्।
प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यका स्वकीय सचिव रहेकाहरुले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवार हुनबाट वञ्चित भएका मुख्यमन्त्री तथा मन्त्रीहरुका स्वकीय सचिवहरु नै चुनावीमा होमिएका छन्। कैलाली ५ को प्रदेश सभा खमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा बाम(लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्। धनगढीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका प्रकाश बिगत लामो समयदेखि आरजुको स्वकीय सचिवको रुपमा कार्यरत छन्। कैलाली ५ मा चुनाव लड्ने चर्चा भइरहेको बेला आरजु डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा बसेपछि धनगढीबाट प्रदेश सभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लागेका हुन्।
२०७४ सालको निर्वाचनमा कैलाली( ५ बाट कांग्रेस नेतृ आरजु पराजित भएकी थिइन्। प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। त्यस्तै, कैलाली ५ को प्रदेश सभा ख मा नेपाली कांग्रेस बीपीबाट दीपकराज खैरले उम्मेदवारी दर्ता गराएका छन्। उनी वर्तमान सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहेका थिए। दुई वर्षभन्दा बढी रैकाको स्वकीय सचिव रहेका खैर सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कार्यरत थिए।
आफ्नै स्वकीय सचिवसँग चौधरीको प्रतिस्पर्धा
२०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन १ को प्रदेश सभा कबाट निर्वाचित भए कृष्णबहादुर चौधरी। उनी प्रदेश सभा सदस्य बनेपछि कैलाश चौधरी स्वकीय सचिवका रुपमा कार्यरत थिए। करिब दुई वर्ष कृष्णका स्वकीय रहेका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कैलाशले उम्मेदवारी दर्ता गराएसँगै कृष्ण आफनै स्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। कृष्णले सोही निर्वाचन क्षेत्रबाट प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
कृष्ण आफ्नै स्वकीय सचिवसँग मात्र नभई प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घराज विनाडीसँग पनि चुनावी प्रतिस्पर्धामा छन्। बिनाडीले बाम लोकतान्त्रिकको साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।
कृष्णसँगै सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने, जनता समाजवादी पार्टीबाट भगतराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भीमबहादुर बम, नेपाल मजदूर किसान पार्टीबाट विष्णाकुमारी थापा मगर, नेपालका लागि नेपाली पार्टीबाट चन्द्रसिंह बोहरा, स्वतन्त्रमा चन्द्र कठरिया, ओजारीलाल चौधरी र छोटेलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।