धनगढी : सुदूरपश्चिमका नाकाहरु ७२ घण्टा सिल गर्ने सहमती भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनका लागी सुदूरपश्चिमका नाकाहरु ७२ घण्टा बन्द गर्ने सहमती भएको हो । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिहंनगर जिल्लाको रद्रपुरमा बिहिबार बसेको नेपाल भारत संयुक्त बबैठकले सो सहमती गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार कैलाली कञ्चनपुरका प्रशासन तथा शुरक्षा निकाय प्रमुख र भारतिय अधिकारीहरुबिच भएको छलफलले सिमा नाकामा हुने अपराधिक गतिबिधि हुन नदिन आ आफ्नो शुरक्षा निगरानी बढाउने सहमती भएको हो ।
बैठकले मतदान हुनुभन्दा ७२ घण्टाअघी सिमा नाका सिल गर्ने सहमती गरेको हो । निर्वाचन प्रभावित हुन नदिन सिमा नाकामा शुरक्षा निगरानी बढाउने समझदारी भएको प्रमुख सजल्ला अधिकारी अर्यालले बताए । संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलगायतको सहभागिता थियो।

