बैतडी। बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँ जाँदै गरेको सुपप्र ०१-००१ ज १३९७ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर लेट्ठेकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जिपमा चालकसहित पाँच जना सवार थिए। सबै घाइते भएका छन् । जिप सडकबाट ८० मिटर तल खसेको छ । घाइते सबैलाई उपचारको लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा लगिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


