४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ। गठबन्धनका तर्फबाट संघीय सरकारका पूर्वमन्त्री बिना मगर र एमालेका तर्फबाट प्रदेशका पूर्वअर्थमन्त्री तारा लामा तामाङबीच प्रतिस्पर्धा हुने भएको छ। मगर र तामाङ दुवैजना ०७४ को चुनावमा एक–अर्काका सारथि बनेका थिए। तर, राजनीतिक समीकरण फेरबदल भएपछि त्यतिवेलाका प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्ट अहिले मगरका सहयात्री बनेका छन्। अहिले कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन बनेको छ । ०७४ को चुनावमा एमाले र माओवादी एउटै गठबन्धन बनाएर चुनाव लडेका थिए।
०७४ मा भएको चुनावमा ९माओवादी केन्द्र र एमाले०का तर्फबाट बिना मगर प्रतिनिधिसभा र तारा लामा तामाङ क्षेत्र १ ९क० प्रदेश सभा सदस्यका उम्मेदवार थिए। त्यसवेला कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका विष्ट र मगरबीच प्रतिस्पर्धा भएको थियो। अहिले राजनीतिक समीकरण फेरबदल भएसँगै तामाङ र मगर प्रतिस्पर्धी तथा विष्ट बिनाका सहकर्मी भएका हुन्।
०७४ मा निर्वाचित मगर संघीय सरकारको खानेपानीमन्त्री बनिन् भने तामाङ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री भएका थिए। नेकपा एमाले फुटेपछि तामाङ नेकपा ९एकीकृत समाजवादी० सुदूरपश्चिम प्रदेशको उपसचिवको जिम्मेवारीमा थिए । तर, १५ भदौमा तामाङ समाजवादी छाडेर एमालेमै फर्किएपछि पार्टीले उनलाई संघको टिकट दिएको हो।
माओवादीबाट संघतर्फ मगर एकल सिफारिस भएकी थिइन्। एमालेबाट संघतर्फ तामाङसहित वीरबहादुर थापा (पातल) र खेम सुवेदी सिफारिस भएका थिए। तर, थापाले क्षेत्र १ (क) को टिकट पाएका छन्। पार्टीले टिकट नदिएपछि सुवेदी एमालेका आधिकारिक उम्मेदवार तामाङविरुद्ध चुनावी मैदानमा छन्। उनले आफू ०५१ देखि ०७९ सम्म हरेक पटकका निर्वाचनमा सिफारिस हुने तर टिकटचाहिँ अर्कैले खोसिदिने प्रवृत्तिविरुद्ध स्वतन्त्र उम्मेदवार भएर चुनावमा होमिएको बताए। स्थानीय तह निर्वाचनको मत परिमाणले एमालेका उम्मेदवार तामाङ र गठबन्धनकी उम्मेदवार मगरबीच नै प्रतिस्पर्धा हुने देखिन्छ।
०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि माओवादी नेतृ मगर र कांग्रेस नेता विष्टबीच प्रतिस्पर्धा भएको थियो। सो निर्वाचनमा विष्टले मगरलाई झिनो मतले पराजित गरेका थिए। ०७४ मा माओवादी–एमालेबीच गठबन्धन भएपछि मगरले कांग्रेस उम्मेदवार विष्टलाई दोब्बर मतले पराजित गरेकी थिइन्। कांग्रेस नेता विष्ट गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र १ ९ख० मा प्रदेश सभा सदस्य उम्मेदवार बनेका छन्। मगर र विष्ट अहिले सँगसँगै चुनावी अभियानमा जुटेका छन्।
३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिमाणअनुसार निर्वाचन क्षेत्र १ का चार पालिकामध्ये माओवादी र एमालेले एक–एक र कांग्रेसले दुई जितेको छ। निर्वाचन क्षेत्रभरि रहेका ३३ वडामध्ये १३ कांग्रेस, नौ एमाले, आठ माओवादी केन्द्र, राप्रपा, समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन्। सो चुनावमा क्षेत्र नम्बर १ मा कांग्रेसले १८ हजार ६ सय ६३, एमाले १८ हजार, पाँच सय ९९, माओवादी १५ हजार आठ सय ६१, समाजवादी तीन हजार चार सय ९८, राप्रपा दुई हजार एक सय र अन्य चार हजार ६० मत पाएका थिए।
यस हिसाबले गठबन्धनका उम्मेदवार मगरले चुनावमा जित निकाल्न कांग्रेसकै भोटको भर पर्नुपर्ने हुन्छ। स्थानीय तहको निर्वाचनमा खसेका कांग्रेसका आधा मात्रै भोट तान्न सके पनि मगरको जित सुनिश्चित देखिन्छ। कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको हुँदा मगरलाई कांग्रेसको धेरै भोट खस्नेछ। तर, एमाले उम्मेदवार तामाङले जुनाव जित्नका लागि कांग्रेस, समाजवादी र राप्रपाको भोट तान्नुपर्ने हुन्छ। नयाँ पत्रिकाबाट