धनगढी : प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवा पत्नी आरजु राणा देउवा गत २०७४ सालको प्रदेश र प्रतिनिधीसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका लागी उमेदवार बनिन् । नेपाली काग्रेंसको तर्फबाट उमेदवार बनेकी आरजुले देशभरीमै शुरक्षित धनगढी मानेकी थिइन् । प्रधानमन्त्री शेर बहादूर देउवाले समेत यस क्षेत्रबाट बिजयी हासिल गरिसकेका कारण उनले कैलाली ५ रोजेकी थिइन् ।
हुन त आरजुले देशभरीका जुनसुकै क्षेत्र रोजेपनि उनका लागी काग्रेंस नेताहरुले सहजै ठाउँ छोड्थे । तर कैलाली ५ नै उनले शुरक्षित ठानेर चुनाव लडेकी थिइन् । आरजुलाई केही बिपक्षी पार्टीले टुरिस्ट उमेदवारको संज्ञा दिएपछि उनले ४ करोड लगानीमा धनगढीमै घर समेत किनिन् । धनगढी संगै सुदूरपश्चिमका लागी थुप्रै योजना जनतामामाझँ राख्दै मत मागेकी आरजुलाई धनगढीले पत्याएन । धनगढी उप महानगरपालिकाका सबै वडा र २ वडा कैलारी गाउँपालिका रहेको कैलाली क्षेत्र नम्बर ५ मा आरजुलाई नेकपा एमालेका नारदमुनी रानाले पराजित गरे ।
सहजै बिजयी हुने आकलन गरेकी आरजुले करिब ५ हजार मतान्तरले पराजित हुनुप¥यो । बहालवाला प्रधानमन्त्री तथा पार्टी सभापतिकै श्रीमतीआरजुले धनगढीबाट पराजित भएपछि उनले यस पटकको निर्वाचनका लागी निकै तयारी गरेकी थिइन् । त्यो बेला पुर्व सांसद तथा राज्यमन्त्री पुस्करनाथ ओझामाथी अन्तरघातको आरोप लाउँदै पार्टीले कार्वाहीपनि ग¥यो । तर ओझा आफुले कसैलाई असहयोग नगरेको तर चुनावमा कसैका लागी मतपनि नमागेको बताउने गरेका छन् ।
त्यसपछि यो ५ बर्षे कार्यकालमा आरजुले यस क्षेत्रमा निकै माहोल बनाउन खोजिन् । आरजुले कैलाली क्षेत्र नम्बर ५ कै लागी पछिल्लो समय निकै योजना समेत हालेकी छिन् । कैलाली क्षेत्र नम्बर ५ बाट पार्टीले आरजुलाई एकल उमेदवारका रुपमा समेत सिफारिश गरेको थियो । तर एकाएक आरजुले समानुपातिक रोज्दै प्रतिनिधीसभाका लागी काग्रेंस नेता डिल्लीराज पन्तलाई पठाइन् । कैलाली ५ का लागी यहाँका नेताहरुले गलत रिपोटिङ गरेकै कारण आरजुले समानुपातिक रोजेको काग्रेंसकै नेताहरु बताउँछन् ।
तर आरजुले समानुपातिक रोजेपनि प्रदेशसभाका लागी भने आफ्नै स्वकिय सचिव प्रकाश देउवालाई पठाएकि छिन् । क्षेत्रबाट सिफारिश भएका बाहेककै देउवालाई प्रदेशसभा सदस्यको टिकट दिएर कैलाली पठाइएको हो । देउवा कैलाली क्षेत्र नम्बर ५ ख बाट प्रदेशसभाको निर्वाचनमा भिडेका छन् । कैलाली ५ मा काग्रेंसबाट सोचेभन्दा ठिक फरक तरिकाले उमेदवार छनौट भएपछि राजनिति के हुने भनेर चर्चा हुने गरेको छ । देशकै शक्तीशाली ठाउँमा भएकी प्रधानमन्त्री पत्नीले जित्न नसकेको धनगढीमा उनका स्वकिय सचिवले जित्न सक्लान या के होला यहाँको चुनावी माहोल बनेर चर्चा बढेको छ ।
काग्रेंका केही नेताहरु पार्टीको निर्णय मान्ने भन्दै टिकट पाएका सबै उमेदवारलाई जिताउने पक्षमा छन् । काग्रेंस कैलालीका सभापति नारायणदत्त भट्टले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए । पार्टीको निर्णय बिपरित उमेदवारी दिएका सबैलाई कार्वाही गरिएको बताउँदै आधिकारिक उमेदवारलाई असहयोग गर्ने कार्यक्रतापनि कार्वाहीमा पर्ने उनको चेतावनी छ ।
तर काग्रेंसकै केही नेताहरु भने धनगढीमा नेता नभएजस्तै नेतृत्वले आफन्तलाई यहाँ पठाउनु गलत रहेको बताउँछन् । काग्रेंस कैलालीका एक नेताले भने “धनगढीमा स्थानिय नेतानै छैनन जस्तै ७४ मा आरजु आफै लड्नुभयो अहिले ७९ मा स्वकिय पठाउनुभाछ के यहाँका नेता कार्यक्रता हरुलाई जिताउन मात्रै बसेका हुन् उनले आक्रोस पोखे ।” अब पार्टीले टिकटनै दिएर पठाइसकेपछि सहयोग त गर्नैपर्छ उनले भने “तर पार्टी नेतृत्वको यस्तो स्वेच्छाचारी र आफन्तवादको निर्णयमा जनता कतिको साथ दिन्छन त्यो ख्याल गर्नुपर्छ, जित्ने हार्ने अहिलेनै भन्न सकिदैन, अरुपनि बलिया उमेदवार हुनुहुन्छ ।”